गण्डकीको नीति तथा कार्यक्रम : बेरोजगारलाई गरिखाने अभियान (पूर्णपाठ)

पोखरा, २४ जेठ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, रोजगार, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।

मंगलबार गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका २८६ बुँदामा केही महत्वाकांक्षी र केही पुरानै योजना राखिएका छन् ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको पहिलो बैठकले २ वर्षभित्र सबै प्रदेशवासीको घरधुरीमा आधारभूत खानेपानी पुर्‍याउने निर्णण गरेको थियो र त्यसैअनुरुप नीति तथा कार्यक्रम र बजेट पनि सार्वजनिक भएको थियो । योसँगै २ वर्षभित्र नै उज्यालो प्रदेश घोषणा गरिने बताएको थियो । तर, त्यो कार्यक्रम सम्पन्न हुन अझै २ वर्ष लाग्ने भन्दै वर्तमान सरकारले पनि नीति तथा कार्यक्रममा निरन्तरता दिएको छ ।

कार्यक्रम घोषणा भएको करिब साढे ४ वर्षपछि अहिले कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएको अन्तिम नीति तथा कार्यक्रमले सबै जनताको पहुँचमा खानेपानी र बजिुली पुग्न अझै २ वर्ष लाग्ने बताएको हो ।

नीति तथा कार्यक्रममा अबको २ वर्षभित्र खानेपानीको पहुँचमा सबै जनातालाई पुर्‍याउने र २०८० भित्र उज्यालो प्रदेश घोषणा गर्ने बताइएको छ । यसपटक सरकारले पूर्वाधार विकासमा कम र खुद्रे कार्यक्रमलाई बढी प्राथमिकतामा राखेको छ ।

गण्डकी प्रदेशले यसै वर्षदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी मृगौला प्रत्यारोपण सेवा प्रदेशमा नै आरम्भ गर्ने घोषणा गरेको छ । प्रतिष्ठानसँगकै सहकार्यमा गण्डकी प्रदेशमा ५० शय्याको मुटु रोग अस्पताल स्थापना गरिने कार्यक्रम सरकारले ल्याएको छ ।

प्रदेशमा क्रमशः विशेषज्ञ र विशिष्टीकृत ९मुटु, मृगौला, कलेजो, क्यान्सर र मानसिक रोग० स्वास्थ्य सेवाको विस्तार गरी गुणस्तरीय सेवामा सबैको पहुँच पु¥याउने सरकारले लक्ष्य लिएको छ । यो पहिलो नीति तथा कार्यक्रमबाटै उठाइँदै आएको भए पनि अहिलेसम्म सुरुआत हुन सकेको छैन ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board