१४ लाख समाजसेवामा खर्चिएको बैतडीको पाटनका पूर्वप्रमुखको दाबी

  • सीपी लोहियार

बैतडी । बैतडीको पाटन नगरपालिकाका निवर्तमान नगर प्रमुख केशवबहादुर चन्दले १४ लाख रूपैयाँ समाजसेवामा खर्चिएको दाबी गरेका छन् ।

सेवा सुविधावापत ५७ महिनामा प्राप्त १९ लाखमध्ये उक्त रकम समाजसेवामा खर्चिएको उनको दाबी छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै चन्दले क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान, स्वर्गीय भानबहादुर चन्द स्मृति कोष स्थापना, कोरोना महामारीका बेला राहत तथा निशुल्क एम्बुलेन्स सेवा, मठ मन्दिरमा आर्थिक सहयोग तथा आर्यघाट व्यवस्थापनसँगै बिरामीहरूको औषधी उपचारमा सहयोग गरेको बताए ।

चन्दले अघिल्लो पटक पैसा कमाउन नभइ समाजसेवा गर्न नगरपालिकाको प्रमुख पदधारण गरेको बताए ।

उनले भने, ‘म मेयर हुँदा मलाई पैसाको लोभ कहिल्यै भएन । मेरा छोराछोरी विदेशमा छन् । उनीहरूले मासिक खर्च पठाइरहन्छन् । मैले विगतमा निर्माण गरेको एक होटलबाट सवा एक लाख मासिक भाडा आउँछ । त्यसैले सरकारी सेवाबाट आएको पैसा समाजसेवामा खर्चिएको हुँ ।’

उनी नगरप्रमुख हुनु अगाडि नै सांसद् हुँदै सहायकमन्त्री भइसकेका छन् । आगामी प्रदेश र संघको निर्वाचनमा टिकट पाए उम्मेदवार बन्ने उनको चाहना छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति