आफ्नै पार्टीभित्रका सांसद्को विद्रोहबीच बेलायती प्रधानमन्त्रीले पाए विश्वासको मत

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीभित्रैबाट विद्रोह हुँदा हुँदै पनि संसदमा विश्वासको मत जितेका छन् ।

जोनसनलाई २११ सांसदको समर्थन मिलेको छ भने १४८ सांसद्ले उनीमाथि विश्वास नभएको बताएका छन् । बहुसंख्यक टोरी सांसद्ले उनको पक्षमा मतदान गरेका थिए । कन्जरभेटिभ पार्टीका ५४ सांसद्ले उनले विश्वासको मत परीक्षण गर्नुपर्ने माग गरेका थिए ।

विश्वासको मत प्राप्तसँगै उनी अब एक वर्षका लागि सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने निश्चित भएको छ । कोभिड लकडाउनको समयमा प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा ‘रक्सी पार्टी’लाई लिएर प्रधानमन्त्री जोनसनको कन्जरभेटिभ पार्टीभित्रसमेत चर्को आलोचना भएको थियो । उक्त विषयलाई लिएर प्रधानमन्त्री जोनसनले संसदमा बारम्बार क्षमायाचना गरेका थिए ।

मतदानको दौडमा जोनसनको स्थिति खतरनाक देखिएको थियो किनकी धेरै कन्जरभेटिभ सांसद्हरूले जोनसनलाई प्रधानमन्त्रीको पदबाट राजीनामा दिन आह्वान गरेको पत्र बुझाएका थिए । प्रधानमन्त्रीको पदमा रहिरहन कम्तीमा १८० सांसद्को समर्थन चाहिन्थ्यो । तर, मतदानमा उनले आवश्यकभन्दा धेरै सांसद्हरूको समर्थन पाएका छन् ।

प्रधानमन्त्री जोनसनले आफ्नो विश्वास मतको जितलाई ‘निर्णायक’ भनेर वर्णन गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board