संसदमा वसन्त नेम्वाङले दर्ता गराए खर्च कटौतीको प्रस्ताव 

काठमाडौं, २३ जेठ । एमाले सांसद तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन् । 

प्रतिनिधिससभामा उनले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् । उनले सोमबार विनियोजन विधेयक २०७९ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गरेका हुन् । 

‘विगत आर्थिक वर्षहरुदेखि खरिद प्रक्रिया सम्पन्न गरी निरन्तर रुपमा निर्माण हुँदै आइरहेको अत्यन्तै महत्व राख्ने वैकल्पिक सहायक राजमार्गहरुमा आवश्यकताबमोजिम रकम विनियोजन नगरिएका र विस्तृत अध्ययन अनुसन्धानविना वैकल्पिक सहायक राजमार्ग संख्या थप गरिएको कारण निर्माण कार्य सम्पन्न हुन नसक्ने देखिएकोले उक्त शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कामय गरियोस्,’ प्रस्तावमा भनिएको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति