मन्त्री हेरफेरबारे जसपामा लफडा, आधा दर्जन सांसदको छुट्टै भेला

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा मन्त्री हेरफेर गर्ने विषयमा छुट्टै भेला गर्दै मन्त्री बनाउन दवाव दिनेहरु बढेका छन् ।

मन्त्री हेरफेर गर्ने तयारी चलिरहँदा आकांक्षीहरु बढेका छन् । तिनै आकांक्षीहरुमध्ये आधा दर्जनभन्दा बढी सांसदहरुले भने छुट्टै भेला गरिरहेका छन् ।

आफूहरूमध्येबाट मन्त्री बनाउन दबाब दिने उद्देश्यका साथ पार्टीका आधा दर्जन सांसदहरूले छुट्टै भेला गरेका हुन् ।

भेला गर्नेमा जसपाका प्रभावशाली नेता इस्तियाक राई, मिर्गेन्द नारायण यादव, रामबाबु कुमार यादव, प्रमोद यादव, डा सूर्य नारायण यादव, प्रमिला यादव लगायत रहेको स्रोतले बताएको छ ।

निरन्तर भेला गरिरहेका उनीहरु सोमबार बिहान ९ बजेपछि छलफलमा पुनः बस्न लागेका छन् ।

भेलाबाट मन्त्री बनाउनका लागि अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिइने एक नेताले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति