लोसपाले आगामी चुनावमा विचार र मुद्दा मिल्नेसँग तालमेल गर्ने

काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विचार र मुद्दा मिल्ने राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ ।

आइतबार लोसपाको कार्यकारिणी समितिको बैठले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । “विचार र मुद्दा मिल्नेहरुसँग तालमेल गरेर अघि बढ्न पार्टी खुला भएको छ,” कार्यकारिणी सदस्य केशव झाले भने ।

बैठकमा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्ता बारे जानकारी गराएका थिए । आफूहरुको माग र मुद्दा सम्बोधन गर्नका लागि सरकारसँग सरकार तयार रहेको उनले जानकारी दिए ।

गठबन्धन सरकारसँग लोसपाले नागरिकता विधेयक लगायतका विषयमा आफ्ना मागहरु राख्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति