स्थानीय चुनावमा राज्यसत्ताको चरम दुरुपयोग : लोसपा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तह चुनावमा राज्यशक्तिको व्यापक दुरुपयोग भएको निष्कर्ष निकालेको छ । त्यसका कारण आफ्नो दलले वैशाख ३० को चुनावमा कमजोर प्रदर्शन गरेको लोसपाको निष्कर्ष छ ।

लोसपाको कार्यकारिणी समितिको बैठकले सत्ता गठबन्धनले स्थानय तह निर्वाचनमा व्यापक रुपमा राज्य शक्तिको दुरुपयोग गरेको निष्कर्ष निकालेको समिति सदस्य केशव झाले जानकारी दिए । मधेस प्रदेशसहित देशका विभिन्ने बुथमा सत्ता गठबन्धनले राज्यशक्तिको दुरुपयोग गर्दै मत आफ्नो पारेको बैठकले निष्कर्ष निकालेको हो ।

नयाँ दलको रुपमा पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका कारण प्रचार प्रसारका लागि कम समय भएको कारण अपेक्षाकृत सफलता हात नपारेको उसको निष्कर्ष छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board