स्वर्गीय पत्रकार अन्जन रानाकी छोरी आर्यालाई आधुनिक स्कुलले निःशुल्क पढाइ दिने

सिन्धुली । स्वर्गीय पत्रकार अन्जन राना मगरको छोरी आर्या राना मगरलाई आधुनिक इङ्लिस बोर्डिङ स्कुल सिन्धुलीले निःशुल्क पढाइदिने भएको छ ।

आज विद्यालयमा एक औपचारिक कार्यक्रम गरी आर्याको निःशुल्क शिक्षाको जिम्मा विद्यालयले लिएको हो ।

आधुनिक स्कुलका प्रिन्सिपल भानुभक्त गुरुङले पत्रकार अन्जन राना मगरको निधनले परिवारमा पर्न गएको गहिरो पीडा र परिवारले अभिभावक नै गुमाएको अवस्थामा छोरीको निःशुल्क शिक्षाको जिम्मा आधुनिक स्कुलले लिएको बताए । आर्या अहिले साढे दुई वर्षकी भइन् ।

गरिब असहाय र विपन्न परिवारको लागि आधुनिक इङ्लिस बोडिङ स्कुलले सधैँ सहयोग गर्दै आएको गुरुङले बताए ।

यसअघि पनि २०६८ सालको असोजमा सिन्धुलीबाट काठमाडौँ जानेक्रममा सुनकोशी गाउँपालिकाको रिठ्ठेभिरमा बस दुर्घटना परि अभिभावक गुमाएका दुई जना बालबालिकाका ,एलिना र पावनको जिम्मा स्कुलले लिएर निःशुल्क रूपमा शिक्षा दिएको बताए ।

अहिले उनीहरू दुवै जना एसइई सकेर उच्च शिक्षाका लागि बाहिर गएका छन् । अभिभावक गुमाएर आर्थिक अवस्था कमजोर भएका बालबालिका पनि अवसर पाए राम्रो शिक्षा लिनसक्ने भएकोले त्यस्ता बालबालिकालाई प्राथमिकता राखेर आफूले पठनपाठनको जम्मा लिएर उनीहरूलाई अध्ययन गर्नसक्ने वातावरण बनाएको बताए ।

उनले आर्या राना मगरको उज्ज्वल भविष्यको कामना गर्दै अध्ययनको लागि विद्यालयमा स्वागत गरे । २०७८ साल फागुन २३ गते पत्रकार अन्जन राना मगरको रिपोर्टिङको क्रममा सवारी दुर्घटनामा परी निधन भएको थियो ।

२०६४ सालमा स्थापना भएको आधुनिक स्कुलमा अहिले कक्षा १० सम्मको पठनपाठन हुँदै आएको छ । अहिले सो विद्यालयमा ४ सय विद्यार्थी अध्ययनरत छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board