नयाँ समीकरणको प्रयत्न भइरहेको प्रचण्डको खुलासा

काठमाडौं । नेकपा (माआवादी केन्द्र(का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणका लागि प्रयत्न भइरहेको बताएका छन् ।

सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको जानकारी दिँदै उनले कतिपय पार्टीहरुमा विभाजनको खतरा रहेको समेत बताए ।

आइतबार आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा आफूहरुलाई चुनौती र अवसर दुवै रहेको बताए ।

उनले भने, “गठबन्धनमा नयाँ समीकरण बन्ने प्रयत्न भइरहेको छ । कतिपय पार्टीहरूमा विभाजनको खतरा पनि देखिरहेको छ । यो बेलामा हामीले ठिक ढंगले भूमिका निर्वाह गर्नुपर्छ । हामीलाई अवसर र चुनौती पनि आउन सक्छ ।”

बैठकमा प्रचण्डले अहिलेसम्म गठबन्धनको विकल्प नसोचिएको र प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन कायम रहने बताएको उनले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति