जिल्ला समन्वय समिति अर्घाखाँचीमा एमालेको प्यानल निर्विरोध

अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन् ।

५ दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । मतदातामध्ये दुई तिहाई एमालेको पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत गरिएन ।

यससँगै अब जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा (एमाले)का नेता जीवनारायण कोइराला निर्विरोध चयन भएका छन् । पाणिनी–५ मैदान निवासी कोइराला एमाले प्रदेश कमिटीको सदस्यसमेत रहेका छन् ।

यसैगरी उपप्रमुखमा एमाले नेतृ लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित भएकी छन् । छत्रदेव–१ चिदीका निवासी ज्ञवाली नेकपाको निरन्तरताको रुपमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट एमाले राजनीतिमा प्रवेश गरेकी हुन् ।

यसैगरी समन्वय समितिको खु्ल्ला सदस्यमा नेकपा एमालेका युवा नेताहरू पाणिनी–७ का कमल घिमिरे , भुमिकास्थान–८ का झुपलाल खनाल र सन्धिखर्क–७ का लक्ष्मण कँडेल निर्वाचित भएका छन् ।

महिला सदस्यमा एमाले नेतृ टुल्कादेबी आचार्य, मालारानी–४,डालकुमारी भण्डारी, शितगंगा–१०,सीता आचार्य, मालारानी–१ चयन भएका छन् । दलितरअल्पसंख्यक सदस्य पदमा मिना बिसी परियार चयन भएका छन् ।

जिल्लाका ६ वटा पालिकामध्ये ३ वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुईवटा पालिकामा उपप्रमुख जितेसँगै एमालेको जित सुनिश्चित भएको थियो ।

समन्वय समिति गठनको निम्ति आवश्यक १२ मतमध्ये एमालेको आठ, नेपाली कांग्रेसको दुई, राष्ट्रिय जनमोर्चाको एक र माओवादी केन्द्रको एकमत रहेको छ ।

कुनै पदमा पनि उम्मेदवारी नदिएसँगै ५ दलीय गठबन्धन जिल्ला समन्वय समितिबाट बाहिरीएको छ भने एमालेले २०५४ सालको बिरासत फिर्ता गरेको छ । निर्वाचन कार्यालयले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board