पिछडिएका वर्गको विकासका लागि छुट्टै आयोग गठन गर्नुपर्छ : नेता महर

काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पिछडिएका वर्गका लागि छुट्टै आयोग गठन गर्नुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित पिछडावर्गको राष्ट्रिय सम्मेलनमा महरले पिछडिएका वर्गको हकहित नभएसम्म देश विकास हुन नसक्ने बताएका हुन् ।

राजधानीमा आयोजित ५० लाख जनसंख्या रहेको पिछडावर्गको राष्ट्रिय सम्मेलन २०७९ कार्यक्रमका प्रमुख आतिथि रहेका महरले कुनै वर्ग जातिलाई पछाडि राखेर मुलुकमा समान र समग्र विकास हुन नसक्ने बताए । उनले नेपालमा वैधानिकरूपमा समावेशी प्रणाली लागु गर्ने पहिलो पार्टी पनि नेपाली कांग्रेस रहेको दाबी गरे ।

नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुखको अर्थ नै सबै वर्गको समान प्रकृतिको विकासको कल्पना नै भएको महरको भनाइ थियो ।

नेविसंघको अध्यक्ष हुँदादेखि नै शिक्षा, स्वास्थ्य लगायत आधारभूत कुराहरूका लागि निःशुल्क गर्नुपर्ने माग जोडदार रुपमा आफूले उठाउँदै आएको उनको दाबी थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति