सुनिल गिरीको ‘सोल्टिनी क्या राम्री’मा मिरुना र गणेशको अभिनय

काठमाडौं, २० जेठ । लोकपप गायक सुनिल गिरीको नयाँ गीत ‘सोल्टिनी क्या राम्री’को भिडियो सार्वजनिक गरिएकाे छ । गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट बजारमा आएको भिडियो सोल्टिनीको तेस्रो सिरिज हो । जसमा गायक गिरीकै शब्द सृजना, संगीत र स्वर छ भने एरेन्ज कृष्ण विकले गरेका छन् । 

प्रेम र रोमान्सलाई कलात्मक शैलीमा देखाइएको भिडियोमा पछिल्लो समयकी लोकप्रिय नायिका मिरुना मगरसँग गणेशमान घलेले अनस्क्रिन रोमान्स गरेका छन् । 

५०० बढी गुरुङ वस्ती रहेको लमजुङको भुजुङ गाउँमा छायांकन गरिएको सोल्टिनी क्या राम्रीको छायांकन विवेक विकले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोको निर्देशन गायक गिरी स्वयंले नै गरेका हुन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति