सार्वजनिक सवारीको भाडा २ प्रतिशतले घट्यो  

काठमाडौं, २० जेठ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो ।

नेपाल आयल निगमले बिहीबार मात्रै पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो ।

यात्रुबाहक सवारीमा २ प्रतिशतले मूल्य घटेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाह सवारीको भाडा २.६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.९ प्रतिशतले घटेको हो । 

सरकारले सार्वजनिक सवारीको भाडादर स्वचालित आधारमा व्यवस्था गर्दै आएको छ । इन्धनको मूल्य ५ प्रतिशतले बढेमा वा घटेमा विभागले सवारीको भाडादर समायोजना गर्दै आएको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति