नेपालको विजयी सुरुवात, कतार ७९ रनले पराजित

काठमाडौँ । आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको हो ।

नेपालले दिएको ११८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो ।

यसअघि सुरुवाती ब्याटिङ गरेको नेपालले पूरा २० ओभरमा ३ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

६ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ । प्रतियोगितामा नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स (युएइ), थाइल्यान्ड, भुटान र कतार सहभागी छन् ।

नेपालको तुलनामा अन्य टोली कमजोर देखिए पनि नेपालको खास परीक्षा थाइल्यान्डविरुद्ध हुने छ । पछिल्लो समय थाइल्यान्डविरुद्ध नेपाली टिमको प्रदर्शन सन्तोषजनक रहन सकेको छैन ।

नेपालले शनिबार युएइ, सोमबार भुटान, मंगलबार थाइल्यान्ड र बिहीबार मलेसियासँग खेल्ने तालिका छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति