काठमाडौँका मेयर र उपमेयर सिसडोलमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह ‘बालेन’ दोस्रो पटक सिसडोलमा पुगेका छन् ।

लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन् ।

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर साहले बिहीबार साँझ मात्र सहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग परामर्श गरेका थिए ।

मन्त्री झाँक्री तथा मेयर साह र उपमेयर डंगोलले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालय र काठमाडौँ महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति