मास्टर्स डिग्रीको परीक्षामा अघिल्लाे वर्षकै हुबहु प्रश्न बाडियाे

काठमाडौं, १९ जेठ । त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्र विषयको मास्टर्स डिग्रीको परीक्षामा अघिल्लो वर्षको प्रश्नपत्र बाडिएको छ।

मानविकी संकायअन्तर्गतको डिन कार्यालयले लिएको परीक्षामा अघिल्लो वर्ष र यसपालि हुबहु प्रश्न वितरण हुनुमा लापरबाही गरेको गुनासो विद्यार्थीहरूले गरेका छन्। बुधबार भएको ‘पब्लिक इकोनोमिक्स’ को परीक्षामा त्रिविले पोहोरकै प्रश्न दोहोर्‍याएको हो। प्रश्नपत्रमा ‘एक्स्प्लेन’ र ‘डिस्क्राइब’ भन्ने शब्द मात्रै तलमाथि गरिएको छ।

६० पूर्णाङ्कको परीक्षामा दुई खण्डमा गरी १३ वटा प्रश्न सोधिएका हुन्छन्। ती सबै प्रश्न पोहोर सालका प्रश्नसँग हुबहु मिलेका छन्। त्रिविको केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख शिव अधिकारीले प्रश्नपत्र दोहोरिएको स्वीकार गरेको छ । प्रश्नपत्र बैंकबाट छनौट गर्दा पुरानो प्रश्नपत्र परेको उनले बताए।

‘हामीसँग प्रश्नपत्रको बैंक हुन्छ, त्यसबाट नयाँ र पुरानो मिसाएर प्रश्नपत्र तयार गरिन्छ,’ उनले भने, ‘परीक्षा हुनु केही दिनअघि प्रश्नपत्र बैंकबाट एउटा प्रश्नपत्र छनौट गरिन्छ। जुन प्रश्नपत्र आयो, त्यही छनौट गरेर छापिन्छ।’

प्रश्नपत्र बैंकमा पहिलेका वर्षमा भइसकेका परीक्षाका प्रश्नपत्र पनि रहने भएकोले यसपालि त्यही प्रश्नपत्र दोहोरिएको उनको दाबी छ। ‘भूलवश यसपालि गत वर्षकै प्रश्नपत्र पर्‍यो। प्रश्नपत्र छनौट गर्ने व्यक्तिहरूलाई यो विषयमा सबै कुरा हेक्का भएन,’ उनले भने, ‘कोर्स बाहिरको प्रश्न परेको छैन, गत वर्षकै दोहोरिएको हो। प्रश्नहरू सामान्यतस् दोहोरिरहने भए पनि यसपालि भने सेट नै दोहोरिएको हुँदा प्रश्न उठ्यो।’

परीक्षा सकिइसकेकाले अब स्थगित नहुने उनले बताए। ‘क्यान्सिल हुने कुरा होइन। यो कत्तिको इस्यू हुने भन्ने कुरा हो। विदेशतिर प्रायस् प्रश्नपत्र दोहोरिएका हुन्छन्,’ अधिकारीले भने, ‘एकै किसिमका प्रश्न भए भने मूल्यांकन प्रक्रिया अझै राम्रो हुन्छन्। तर त्रिविमा प्रश्नपत्र दोहोर्‍याउने चलन थिएन। मूल्यांकनभन्दा पनि पहिलेका प्रश्न अहिले आउन हुन्थ्यो कि हुन्नथ्यो भन्ने मात्र हो।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति