सरकारी स्वास्थ्य बीमा कार्यक्रम सामाजिक उत्तरदायित्वसँग सम्बन्धित छः गिरिराजमणि

काठमाडौं, १९ जेठ । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले सरकारबाट सञ्चालन भईरहेको स्वास्थ्य बीमाको जिम्मा कम्पनीलाई दिनेमा असमर्थन जनाएका छन् ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पोखरेलले स्वास्थ्य बीमा सरकारले सामाजिक उत्तरदायित्वसँग गाँसेको हुँदा निजी क्षेत्रसँग सम्बन्ध नभएको बताए ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र८० को बजेटमाथिको छलफलमा बोल्दै भने, ‘मैले समर्थन गर्न नसक्ने कुरा, स्वास्थ्य बीमा कम्पनीलाई दिने कुरा छ । वर्तमान प्रधानमन्त्रीको नेतृत्वको बेलामा ८० दिनजति म क्याबिनेटको सदस्य भएँ । त्यतिबेला पास गरेको ऐन हो यो । प्रचण्डको नेतृत्वमा गगनजीहरुले लामो गृहकार्य गर्नुभएको थियो । त्यसलाई हामीले सदनबाट पास गर्यौं । अहिले यसलाई कम्पनीलाई दिने भन्ने कुरा कुनै कोणबाट हेर्दा पनि मैले बुझ्न सकेको छैन । म पुनरावलोकन गर्न आग्रह गर्दछु ।’

यो ‘युनिभर्सल कभरेज’को अवधारणाबाट आएको बताउँदै उनले नाफा र नोक्सानको कोणबाट हेर्न नहुने बताए । ‘यो सामाजिक उत्तरदायित्वसँग गाँसिएको उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board