सडक निर्माणका क्रममा पहिरो, दुई कामदार पुरिए

संखुवासभा, १८ जेठ । चैनपुर नगरपालिका–१, संखुवासभामा सुख्खा पहिरोका कारण दुईजना पुरिएका छन् ।

नुनढाकी सडकखण्ड निर्माणका गर्दा गएको पहिरोमा दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीले बताए ।

उद्धार कार्यका लागि पुगेका प्रहरीका अनुसार सडकमा छेउमा पर्खाल लगाउने काम चलिरहँदामा सुख्खा पहिरो जाँदा कामदार रामकुमार राई र हेमराज मगर पहिरोमा पुरिएका छन् । स्काभेटरको सहायतामा उनीहरुलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति