भद्रपुर उडेको बुद्ध एयरको जहाज काठमाडौंतिरै ‘आकस्मिक’ फिर्ता

काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहान काठमाडौं नै फर्किएको छ ।

बिहान १०ः४३ बजे उडेको विमान टायरमा समस्या देखिएपछि बीचबाटै काठमाडौं फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डकन कार्यालयले जनाएको छ ।

फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।

विमानमा ६९ जना यात्रु सवार थिए । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board