छायाँनाथले रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने

मुगु । नेपाल सरकारले १ जेठ बाट सातामा शनिबार र आइतबार दुई दिन बिदा गर्ने निर्णय गरेता पनि छायाँनाथ रारा नगरपालिकाले त्यो निर्णय लागु नगर्ने भएको छ ।

मंगलबार छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भामको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । छायाँनाथ रारा नगरपालिका नगर शिक्षा समितिको निर्णयअनुसार आइतबार विद्यालय बन्द गर्नु पर्दा हिमाली जिल्ला मुगुमा शिक्षा क्षेत्रमा असर पर्ने हुँदा नगरपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालयलाई आइतबार बन्द नगर्ने निर्णय भएको नगर प्रमुख बिष्णुकुमार भामले बताए ।

नगर प्रमुख भामका अनुसार शनिबारबाहेक अन्य दिन निरन्तर विद्यालय सञ्चालन गरिनेछ । “सातामा दिइने दुई दिन बिदाले मुगुमा शिक्षा क्षेत्र खस्कने अवस्था देखिएको हुँदा नगर शिक्षा समितिद्वारा हामीले आईतबार विद्यालय बन्द नगर्ने निर्णय गरेका हौँ,” नगर प्रमुख भामले भने ।

अझै पुगेनन् पाठ्यपुस्तक
शैक्षिक सत्र सुरु भएको करिब एक साता बितिसक्दा पनि हिमाली जिल्ला मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । पुस्तक खरिदको जिम्मा पाएको जय लक्ष्मी पुस्तक भण्डारलाई जिल्लामा छिटो पुस्तक पुर्‍याउन निर्देशन दिइएको छ । जिल्लामा समयमै पुस्तक हातमा नपुग्दा पढाइ बिथोलिएको छ । मुगुमा अन्य जिल्ला जस्तो इन्टरनेटको गतिलो पहुँच छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति