आईजीपी विवाद सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं, १७ जेठ । आईजीपी विवाद सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा पेसी रहेको मुद्दा लगाउमा पेसी चढेको थियो ।

डीआईजीहरु इश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले २०७८ चैतमा निवेदन दर्ता गराउनुभएको थियो । आईजीपी बढुवामा नपरेका विश्वराज पोखरेलले दायर गरेको रिट सँगै राखिएको थियो ।

पोखरेलले गत वैशाख १९ गते रिट दायर गर्नुभएको थियो । आफू पहिलो नम्बरमा भएकाले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने सरकारको निर्णय बदर हुनुपर्ने उहाको माग थियो ।

उहाको रिटको पहिलो सुनुवाइमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै सर्वोच्चले आजदेखि अन्तिम सुनुवाइ हुने तोकेको थियो । तर, अदालतले तीन डीआईजीहरुको हकमा म्याद नै तामेली नभएको भन्दै मुद्दाको सुनुवाइ सारेको छ। अब अर्को सुनुवाइ नियमित पेसी चढ्दै हुनेछ। अर्को पेसी कहिले हुने भन्ने बेलुका मात्र थाहा हुने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति