पल्टिएको तेलको ट्यांकर उठाएपछि पोखरा विमानस्थल सुचारु

पोखरा । पल्टिएको ट्याङ्कर हटाएपछि पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुनः सुरू भएको छ ।

धावनमार्गसँगै रहेको रहेको सडकमा तेल बोकेको ट्यांकर पल्टिएपछि आज बिहान विमानस्थल बन्द गरिएको थियो ।

आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्यांकर पल्टिएको थियो ।

विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले ‘पेरिमिटर रोड’ को नजिकै पल्टिएको ट्यांकर हटाइसकिएको जानकारी दिए ।

विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्यांकर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको थियो ।

ट्यांकर उठाएर विमानस्थलमा पोखिएको तेल सफा गरेपछि उडान सञ्चालन भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति