सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीका स्वास्थ्यमन्त्री पक्राउ

नयाँ दिल्ली । सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।

आम आद्‌मीले उनको पक्राउको विरोध गरेको छ ।

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले एक ट्वीटमा हिमाञ्चल प्रदेशमा आगामी चुनावलाई प्रभावित गर्ने उदेश्यले जैनलाई गिरफ्तार गरिएको आरोप लगाएका छन् । जैन हिमाञ्चल प्रदेशका आम आद्मीका इन्चार्ज हुन् ।

केही साताअघि भएको विधान सभा निर्वाचनमा आम आद्‌मीले दिल्लीको अतिरिक्त गुजरात राज्यमा आश्चर्यजनक सफलता प्राप्त गरेको थियो ।

भ्रष्टचार र अनियमिततालाई जरैदेखि उन्मुलन गर्ने आम आद्‌मीले उद्घोष गर्दै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board