बालेन साहको पहिलो निर्णय : नगरसभा बैठक लाइभ गर्ने, आजै ४ बजे बैठक

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिका नवनिर्वाचित प्रमुख बालेन साहले पदभार ग्रहण गरेका छन् । राष्ट्रियसभा गृहमा शपथ ग्रहण गरेपछि सिधै महानगरपालिको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । आज अपरान्ह ४ बजे नगरकार्यपालिकाको बैठक बस्ने र त्यसको लाइभ प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । 

यसअघि नै चुनावी प्रचार प्रसारका दौरान साहले मेयरमा निर्वाचित भएपछि नगरकार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने बताएका थिए । 

१६२ जना नगर कार्यसमिति रहेको काठमाडौं महानगरपालिकामा १६० जना मात्र निर्वाचित भएका छन् । वडा नम्बर २४ र २५ को दलित महिला सदस्यमा उम्मेदवारी नपरेपछि उक्त पद रिक्त छन् । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board