नयाँ दिल्लीमा १५ औं गणतन्त्र दिवस मनाइयाे

काठमाडाै, १६ जेठ । १५ औं गणतन्त्र दिवशको अवसरमा अखिल भारत नेपाली एकता मंच केन्द्रीय समिति अन्तर्गत दिल्ली राज्य समिति तथा दिल्ली हरियाणा यूपी संयुक्त राज्य समितिको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयाे ।

भारतको राजधानी दिल्लीकाे ओखलामा १५ औं गणतन्त्र दिवशको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता दिल्ली हरियाणा यूपी संयुक्त राज्य समिति अध्यक्ष- बेल वहादुर पुन र कार्यक्रमको संञ्चालन दिल्ली राज्य सचिव अटल परियारले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि मंचका निवर्तमान अध्यक्ष ईश्वरी भण्डारी बिशेष अतिथी मंचका केन्द्रीय महासचिव चक्र बहादुर मलाती , मंचका केन्द्रीय उपमहासचिव आरबी खड्का अतिथीमा केन्द्रीय सदस्य तथा संयुक्त राज्य समिति सहईन्चार्ज मानु श्रेष्ठ, के. सदस्य नारायण बि.क., केन्द्रीय सदस्य अर्जुन दयाल डेन्टिस्ट डा. सिमा लगायत थिए ।

राज्य पदाधिकारीहरू राज्य उपाध्यक्षहरू तिलक बिक , तरुण बि.क , कमला पाण्डे , सचिब कृष्ण प्रसाई,सह सचिव नारायण बिस्ट,कोषाध्यक्ष दिपक बोहोरा लगायत उपस्थिति रहेकाे थियो । उक्त कार्य्रकम स्वागत मन्तब्य राज्य उपाध्यक्ष सूर्य रानाले राखेका थिए । महान सहिदहरू प्रति एक मिनटको मौनधारण गरिएकाे थियाे ।

विभिन्न कलाकारहरूबाट रोचक नॄत्य समेत प्रस्तुत कार्य्रकममा प्रमुख अतिथि, अतिथिहरूले बोल्दै शुभकामना आदान प्रदान गणतन्त्र दिवस २०७९को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति