कक्षा १ देखि ५ सम्म मातृभाषामा पठनपाठन हुनुपर्छ : भाषा आयोग

  • दिलमाया शाही

जुम्ला । प्रत्येक सामुदायिक विद्यालयमा मातृ भाषामा शिक्षण हुनुपर्ने भाषा आयोगले बताएको छ । आयोगले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई मातृभाषामा पठनपाठन हुनुपर्ने बताइएको हो ।

भाषा आयोगका अध्यक्ष तथा प्राध्यापक डा.लवदेव अवस्थीले नेपालको संविधानमै माध्यमका रूपमा मातृभाषा शिक्षाको व्यवस्था गरेको बताए । उनले भने, “हरेक बालबालिकाको लागि घरमा आमाले बोल्ने भाषामा शिक्षण सिकाइ हुनुपर्छ । यसका लागि सबै स्थानीय तहले स्थानीय पाठ्यक्रम निमार्ण गर्न आवश्यक छ ।”

उनका अनुसार कुनै कुनै विद्यालयमा स्थानीय पठनपाठन भइरहेको छ । तर, यसको प्रभावकारिता माथि प्रश्न चिह्न उठ्नु स्वाभाविक रहेको र कुनै भाषा पढाइ हुनुलाई मात्रै मातृभाषा शिक्षण भन्न नमिल्ने भन्दै वस्थीले भने, “घरमा बोलिने भाषा विद्यालयमा पढाइ नहुँदा बालबालिकाको शिक्षण सिकाइ प्रभावकारी प्रभावकारी हुन नसेको हो । जबसम्म आफ्नो मात्री भाषाको संरक्षण हुँदैन तबसम्म देश विकास हुँदैन ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति