काठमाडौं, १५ जेठ । आज ४ बजे आउने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैंठक बसेको छ । आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।
एक मन्त्रीले बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको जानकारी दिए ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको टोलीले बजेट तथा स्रोत समितिको बैठकले स्वीकृत गरेसँगै बजेट पास गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।मन्त्रिपरिषद्ले पनि स्वीकृति दिएपछि उक्त बजेट अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया