अपडेट : क्याप्टेन घिमिरेले जोमसोम टावरसँग हावाको गति सोधे लगत्तै सम्पर्कविहीन

काठमाडौं, १५ जेठ ।  जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माका अनुसार जहाज कमाण्ड गरेका क्याप्टेन प्रभाकर घिमिरेसँग लेतेमाथिको आकाशबाट अन्तिमपटक कुरा भएको थियो। त्यो बेला घिमिरेले जोमसोम क्षेत्रको हावाको गतीको विवरण माग्नुभएको थियो । ‘तारा भन्दा अगाडि समिटको जहाज आइरहेको थियो।

ताराका क्याप्टेन घिमिरेले म सँग जोमसोमको हावाको गति कति छ भनेर माग्नु भएको थियो,’ शर्माले भन्नुभयो , ‘शर्मालाई हावाको गतिबारे जानकारी दिएपछि म समिटको जहाजलाई अवतरण गराउनतिर लागे, त्यसपछि ताराको जहाजलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नै भएन।’जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाईमा रहेको उहाँले बताउनुभयो ।

जोमसोम विमानस्थल ९ हजार फिट उचाईमा छ। शर्माका अनुसार घिमिरेलाई जानकारी दिँदा जोमसोमको हावाको गति २५ नटिकल माइल प्रतिघण्टा (४६.३ किमि)को गतिमा थियो। ‘हावाको गति ठिक त होइन, तर, जोमसोममा यो गतिको हावामा उडान र अवतरण हुन्छ,’ शर्माले भन्नुभयो । शर्माका अनुसार जोमसोममा ३० नटिकल माइल प्रतिघण्टा (५५.५६ किमि)को गतिमा हावा रहँदासम्म उडान र अवतरण गर्ने गरिएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board