मुस्ताङका सिडिओ भन्छन्– टिटीतिर आवाज आएको भनेर सूचना पाएका छौँ

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङस्थित टिटी डाँडातिर दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

लेतेनजिकै टिटी डाँडामा ठुलो आवाज आएको सूचना स्थानीयले दिएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

‘पुष्टी भएको छैन । भएपछि हामी खबर गर्छौँ,’ उनले भने, ‘लेते नजिक टिटी क्षेत्रमा दुर्घटना भएको आशंका छ । स्थानीयले ठुलो आवाज त्यहाँ आएको भनेका छन् ।’

जहाज खोज्न जोमसोमबाट हेलिकोप्टर उडिसकेको बताइएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति