तारा एअरको विमान दुर्घटना, थप विवरण आउन बाँकी

काठमाडौँ । तारा एअरको विमान केहीबेर अघि दुर्घटना भएको छ ।

पोखराबाट जोमसोमतर्फ उडेको विमान दुर्घटनामा परेको नेपाल टेलिभिजनले जनाएको छ ।

विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको जनाइएको छ ।

विमानमा ४ जना भारतीय तथा ३ जना जापानीज नागरिक छन र बाँकी सबै नेपाली यात्रु हुन ।

विमान आज विहान करिव १०ः३० बजेदेखि सम्पर्कविहिन भएको पोखरास्थित विमानस्थलका अधिकारीहरुलाई उद्दत गर्दै नेपाल टेलिभिजनका प्रतिनिधिहरुले जनाएका छन ।

जोमसोङतर्फ उडेको विमानले आफ्नो रुट छाडेर धवालगिरीतर्फ लागेपछि सम्पर्क नभएको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति