काठमाडौँ । तारा एअरको विमान केहीबेर अघि दुर्घटना भएको छ ।
पोखराबाट जोमसोमतर्फ उडेको विमान दुर्घटनामा परेको नेपाल टेलिभिजनले जनाएको छ ।
विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको जनाइएको छ ।
विमानमा ४ जना भारतीय तथा ३ जना जापानीज नागरिक छन र बाँकी सबै नेपाली यात्रु हुन ।
विमान आज विहान करिव १०ः३० बजेदेखि सम्पर्कविहिन भएको पोखरास्थित विमानस्थलका अधिकारीहरुलाई उद्दत गर्दै नेपाल टेलिभिजनका प्रतिनिधिहरुले जनाएका छन ।
जोमसोङतर्फ उडेको विमानले आफ्नो रुट छाडेर धवालगिरीतर्फ लागेपछि सम्पर्क नभएको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।।
प्रतिक्रिया