भिसी थापाको प्रतिमामा मन्त्री पौडेलद्वारा माल्यार्पण

लण्डन । प्रथम भिक्टारिया क्रस (भिसी) पदक बिजेता भूतपूर्व गोर्खा कुलविर थापाको अल्डरसटमा रहेको प्रतिमामा नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र राज पौडेलले माल्यार्पण गरेका छन् ।

शिक्षा सम्बन्धी कार्यक्रममा बेलायत आएका मन्त्री पौडेलले बुधबार २५ मेका दिन अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा गतबर्ष निर्माण गरिएको भिसी थापाको प्रतिमामा माल्यार्पण गरेका हुन् ।

सो अवसरमा गेसोका कार्यवाहक अध्यक्ष धर्म तामाङ्ग, बेलायतस्थित नेपाली जन प्रगतिशिल मन्च युकेका मनबहादुर गुरुङलगायत गोर्खा परिवारको सहभागिता रहेको थियो ।

प्रथम भिसी थापाले बेलायती सेनामा रहँदा देखाएको वीरता र साहसको कदर गर्दै बेलायत सरकारले उनलाई भिसी पदकद्वारा सम्मान गरिएको थियो ।

हालसम्म १४ जना गोर्खाजहरु उक्त भिसी पदकद्वारा सम्मानित भैसकेका छन् भने उनी १४ जना मध्ये पहिलो भिसी पदक विजेता हुन् ।

बेलायतमा भूतपूर्व गोर्खाहरुले खेलेको भूमिका र दिएको योगदानलाई जिउँदो राख्नुपर्छ भन्ने उद्देश्य अनुरुप नेपालीहरुको बाक्लो बसोबास रहेको सैनिक सहरको रुपमा परिचित अल्डरसट फार्नबोरो अर्थात रसमुर क्षेत्रमा क्रियाशिल ग्रेटर रस्मोर नेपाली कम्युनिटी (जीआरएनसी) को पहल, स्थानीय रस्मोर बरो काउन्सिलको स्वीकृति, बेलायतस्थित गोर्खा भूतपूर्व सैनिक संघसंस्था, नेपाली संघसंस्था, नेपाली उद्यमी, व्यापारी, भूतपूर्व गोर्खा परिवारलगायत स्थानीयको आर्थिक सहयोगमा उक्त प्रतिमा गतबर्ष निर्माण गरिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति