कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हो : प्रधानमन्त्री देउवा (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमासम्वन्धी विषय संवेदनशील रहेको भन्दै वार्ता र संवादबाट समाधान गरिने बताएका छन् ।सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको स्पष्ट पारेका छन् ।

नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको र नेपाली भूमिको रक्षा गर्न प्रतिबद्धसमेत रहेको भन्दै उनले सीमासम्बन्धी विषय संवेदनशील भएको बताउँदै वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता जनाए ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली भूमि फिर्ता गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board