ओली पञ्चायतका विरुद्ध होइन, टाउको काटेर जेल बसेको भने के हुन्छ ? : प्रचण्ड

काठमाडौं १४ जेठ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मान्छेको टाउको काटेर हत्याराको रुपमा जेल बसेको होइन भन्ने प्रश्न गरे के हुन्छ भन्दै लल्कारेका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘तपाईंहरु टाउको काट्ने मान्छे होइन ? हत्याराको रुपमा जेल बसेको होइन ? भन्यो भने के हुन्छ ? त्यो भन्नु जायज हुन्छ ?’

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध र शान्ति प्रक्रियाको सन्दर्भमा गरेको टिप्पणीको जवाफ दिने क्रममा प्रचण्डले यस्तो प्रश्न गरेका हुन् । युद्धका क्रममा माओवादीले मान्छेलाई बोरामा हालेको, जनतालाई धम्क्याएको भन्दै ओलीले घृणा फैलाएको प्रचण्डको आरोप छ ।
२०२८ सालमा तत्कालीन झापाका विद्रोहीहरु केपी ओली, मोहन चन्द्र अधिकारी राधाकृष्ण मैनालीहरुले त्यहींका धर्म ढकाल सहित ए दर्जन बढीको हत्या गरेका थिए ।

प्रचण्डले फेरि प्रश्न गरे, ‘हिजा फेरि बोरामा मान्छे हालेको कुरा गर्नुभयो । जनतालाई धम्क्याएको कुरा गर्नुभयो । मैले यो विषय अलि बढी गम्भीर भएको ठानेको छु । हामी अहिले जसरी उपस्थित भएका छौं त्यो शान्ति सम्झौतामार्फत् छौं । १२ बुँदे समझादारी हुँदै यही हलमा बसेर ऐतिहासिक सहमति भनेको होइन ? एउटा प्रक्रियामा हामी जान खोज्दैछौं । फेरि यो करा किन ?’

प्रश्नपछि प्रचण्डले अहिले परिस्थिति भिन्दै भइसकेको अवस्थामा यस्तो भन्नु जायज नहुने भन्दै एकअर्कालाई अपमानित गर्न नहुने बताए । ओलीलाई सोधको प्रश्नको आफैंले जवाफ दिंदै प्रचण्डले अघि भने, ‘मैले सन्दर्भ मात्र उठाएको हो, यस्तो भन्नु विल्कुलै जायज होइन । अहिले परिस्थिति नितान्त भिन्न भैसकेको छ । हामीले ती कुरालाई पटक–पटक एकले अर्कालाई अपमानित गर्ने ढंगले लियौं भने हामी यो व्यवस्थामार्फत नेपाली जनतालाई जे दिन खोजेका छौं त्यो दिन सकिने छैन् ।’
प्रचण्डको आग्रह थियो आफ्नो स्वार्थ पूरा भयो महान् क्रान्तिकारी भन्ने र आफ्नो स्वार्थमा थोरै धक्का ागेपछि हत्यारा भन्ने ओली प्रवृत्ति नेपाली राजनीतिको एउटा नकारात्मक प्रवृत्ति रहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति