निजगढमा विमानस्थल निर्माण गर्न सर्वोच्चको रोकपछि कांग्रेस नेता गुरुङका तीन विकल्प

काठमाडौं, १४ जेठ । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाउन आदेश दिएपछि कांग्रेस नेता कल्याणकुमार गुरुङले तीन विकल्प अघि सारेका छन् । 

उनले मधेस प्रदेशकै महोत्तरीका तीन स्थानमध्ये कुनै न कुनैमा अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रियस्तरकै ‘ड्राई पोर्ट’ पनि निर्माण गर्न सकिने विकल्प अघि सारेका हुन्। 

पहिलो विकल्पको रूपमा उनले महोत्तरीको गौशाला नगरपालिका– १, ८, १०, ११ र १२ मा पर्ने सागरनाथ वन परियोजनाअन्तर्गतको जङ्‍गल क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल र ड्राई पोर्ट बनाउन सकिने बताएका छन् । 

त्यसका लागि सम्बन्धित निकायसँग् स्वीकृति लिन सकिने उनको भनाइ छ ।

दोस्रो विकल्पको रूपमा जिल्लाकै बर्दिबास नगरपालिका– ३, ४, ५, १० र ११ मा पर्ने केही जङ्‍गल क्षेत्र र केही खाली जग्गाजमीन भएको क्षेत्रमा र त्यहाँ पनि नभए जिल्लाकै भङ्‍गाहा नगरपालिका– १, २, ३, ४, ५, ६ र ९ मा पर्ने खाली जग्गाजमीन भएको क्षेत्रमा सम्बन्धित जग्गा धनी र निकायमा स्वीकृति लिएर दुवै संरचना बनाउन सकिने बताएका हुन् । 

यसका लागि सबै मिलेर गम्भीरतापुर्वक पहल गर्न उनको आग्रह छ ।  बिहीबार सर्वोच्चले लाखौँ रूख कटान गरेर अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बनाउन रोक लगाएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति