स्थानीय तह निर्वाचन सकिएलगत्तै धमाधम प्रदेश सभा बैठक

काठमाडौँ । स्थानीय तह निर्वाचन सकिएलगत्तै धमाधम प्रदेश सभा बैठक आह्वान र सुरुसमेत हुन थालेका छन् ।

शुक्रबारदेखि बाग्मती प्रदेश, कर्णाली र गण्डकी प्रदेश सभा सुचारु भएलगत्तै प्रदेश १, मधेस प्रदेश र सुदरपश्चिम प्रदेशले पनि बैठक आह्वान गरेका छन् ।

प्रदेश १ र सुदुरपश्चिमले १६ जेठका लागि र मधेस प्रदेश सभाको बैठक १९ जेठका लागि बैठक आह्वान गरिसकिएको छ भने लुम्बिनी प्रदेशले भने अझै मिति तय गरिसकेको छैन । १ असारमा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्थाका कारण पनि प्रदेश सभा बैठक धमाधम आब्हान गरिएका हुन ।

शुक्रबारदेखि जारी बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतले प्रदेश युवा परिषद् २०७६ लाई संसोधन गर्न बनेको विद्येयकलगायत ५ वटा अध्यादेश संसोधन गर्नका लागि प्रदेश सभा बैठकमा पस्ताव गरेका छन् भने गण्डकी प्रदेशले पूर्वपदाधिकारीलाई सुविधा दिने गरी कानुन निमार्ण गर्न समिति निमार्ण गरेको छ ।

गण्डकी प्रदेशका प्रशासन महाशाखाका सचिवको संयोजकत्वमा अर्थ र कानुन मन्त्रालयका सचिव रहने गरी तीन सदस्य समितिसमेत गठन गरेको सरकारका प्रवक्ता कुमार खडकाले जानकारी दिएका छन् ।

यसैगरी, कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बिनियोजन विद्येयकको सिद्धान्त, उदेश्य र प्राथमिकता तथा प्रमुख नीति प्रदेश सभा बैठकमा प्रस्तुत गरेको छ । अर्को बैठक १६ जेठका लागि आब्हान गरिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति