काठमाडौँ । सरकारी जग्गा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको सुडालमा रहेका विभिन्न कित्ता नम्बरका अर्कैका नाममा रहेका जग्गा बेचाउने गिरोहका दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भक्तपुरका ७२ वर्षीय केशवप्रसाद अधिकारी र ५८ वर्षीय ईश्वर गाइजु रहेका छन् । उनीहरूले भक्तपुरको सुडालमा रहेको सरकारी जग्गालाई सम्बन्धित जग्गा धनीसँग अनुमती नलिइ अनुमति लिएका छौँ भनी झुक्याई ५ करोड २० लाख रूपैयाँ बैना लिइ ठगी गरेका थिए ।
आफू ठगिएको भन्दै खोटाङ बुईपा ३ घर भइ हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बस्ने धनिराम राईसमेतले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुवै भक्तपुर मालपोत कार्यालयको गेटबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
COMMENTS