बालेनसहितका स्वतन्त्रहरुकाे जितकाे खुसियालीमा अर्घाखाँचीमा दिप प्रज्वलन

अर्घाखाँची, १३ जेठ । स्थानीय तह निर्वाचनमा देशका विभिन्न पालिका तथा वडाहरुमा स्वतन्त्र उम्मेदवाहरुले जितेकाे खुसीयालीमा अर्घाखाँचीमा दिप प्रज्वलन गरिएकाे छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र शाहलाई निर्वाचन आयाेगले बिजेता घाेषणा गरेकै दिन अर्घाखाँचीकाे बल्काेटमा पनि दिपावली गरिएकाे हाे । 

“हामीले खुसीयालीमा दिपावलीमात्र हाेइन सफल कार्यकालकाे कामनाकाे लागि प्रार्थना गरेका छाै ।” स्थानीय युवा पशुपति पाण्डेले भने “उहाँहरुप्रति युवाहरुकाे आशा र भविश्य जाेडिएकाे छ । उहाँहरुकाे डेलीभरीमा हाम्राे भविश्य जाेडिएकाेले सफल कार्यकालकाे कामनाका लागि प्रार्थना गरेका हाैँ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति