नेपालका हिमाल आरोहण गर्न सबैभन्दा बढी कुन देशबाट आउँछन् ? 

काठमाडौं, १३ जेठ । नेपालका २७ वटा हिमाल आरोहण गर्न सन् २०२२ मा ९८६ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको लागि अनुमति लिनेमध्ये ६४ जना नेपाली रहेका छन् । यी बाहेक अन्य ९२२ जना विदेशी रहेका छन् ।

हिमाल आरोहणको लागि अनुमति लिनेहरुमध्ये केहीले आरोहण गरिसकेका छन् भने केही आरोहण गर्ने क्रममा रहेका छन् । आरोहणको लागि स्वीकृति लिनेमध्ये ७७३ जना पुरुष र २१३ जना महिला छन् । 

पयर्टन विभागका अनुसार नेपालका हिमाल आरोहणको लागि अनुमति लिने विदेशीमा सबैभन्दा बढी अमेरिकी रहेका छन् । यसवर्ष हालसम्म १३८ जना अमेरिकीले नेपालका हिमाल आरोहण गर्न अनुमति लिएका छन् ।

अमेरिकीपछि ठूलो संख्या बेलायतीहरुको छ । ११० जना बेलायतीले विभिन्न हिमाल आरोहण गर्न अनुमति लिएको विभागले जनाएको छ । 

नेपालका हिमाल आरोहण गर्न अनुमति लिनेमा युनाइटेड अरब इमिरेट्सका १८, स्पेनका ३०, रुसका २९, रोमानियाका ११, दक्षिण कोरियाका १४, नर्वेका १४, नेदरल्याण्ड्सका १७, अष्ट्रेलियाका ३१, अष्ट्रियाका २९, ब्राजिलका ११, क्यानडाका ३६, चीनका २४, चेक रिपब्लिकका ११, फ्रान्सका ६१, जर्मनीका २७, भारतका ६९, आयरल्याण्डका १२, इरानका १९ र जापानका १६ जना रहेका छन् । बाँकी आरोही अन्य देशका छन् । 

आरोहणको लागि अनुमति दिँदा सरकारले यसवर्ष हालसम्म ४९ करोड ३ लाख ७२ हजार ८०७ रुपैयाँ राजस्व संकलन गरेको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति