काठमाडौं । भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ ।
शुक्रबार दिउँसो उनी चढेको गाडी दुर्घटनामा परेको हो । उनको टाउकोमा चोट लागेको छ ।
प्रहरी स्रोतका अनुसार उनी चढेको गाडीको टायर पन्चर हुँदा दुर्घटनामा परेको हो ।
शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको छ ।
उनको टाउकोमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ।
अहिले उनको टाउकोको सिटी स्क्यान गरिएको र रिपोर्ट आउन बाँकी छ।
उनको टाउकोमा चोट लागेपछि लगत्तै सुमेरु अस्पताल भर्ना गरिएको हो ।
COMMENTS