विप्लव नेतृत्वकाे नेकपा केन्द्रीय समिति विस्तारित बैठक उदयपुरमा जारी

उदयपुर, १३ जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाकाे केन्द्रीय समिति विस्तारित बैठक उदयपुरको रौता पोखरीमा बिहीबारदेखि जारी छ । उदयपुरको रौतामाई गाउँपालिका– ६ स्थित रौता पोखरीमा महासचिव नेत्रविक्रम चन्द (विप्लव) को अध्यक्षतामा  केन्द्रीय समितिको १३औं पूर्ण विस्तारित बैठक बसिरहेकाे हाे ।

 बिहीबारदेखि सुरु बैठकमा पार्टीका महासचिव विप्लवले राजनीतिक प्रस्ताव र आगामी ९औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेस गरेका छन् । बैठकमा ५८ जना केन्द्रीय सदस्यहरु र २ जना केन्द्रीय सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति  छ । 

 बैठकमा शुक्रबारदेखि राजनीतिक प्रस्ताव माथि छलफल सुरु भएकाे छ ।   प्रस्ताव माथि ५८ जना केन्द्रीय सदस्य र २ जना सल्लाहकार समिति सदस्यहरूले धारणा राख्नेछन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति