उषासँगै कामनाको पनि माल्दिभ्समा विजयी सुरुवात

काठमाडौं, १३ जेठ । नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिस क्लबले जारी भलिबल एसोसियसन कप–२०२२ मा सुखद् सुरुवात गरेको छ ।

विहीबार राति भएको खेलमा कामनाको उत्कृष्ट खेलप्रेरित माल्दिभ्स पुलिस क्लबले क्लब इगल्सलाई २५–१९, २५–२१, २५–२० को सोझो सेटमा हरायो । जितसँगै पुलिसले समूह ‘बी मा तीन अंक हासिल गरेको छ । 

यसअघि बुधबार राति उषा भण्डारी सम्मिलित धिबेही सिफाइन्ज क्लबले पहिलो खेलमा क्लब हाफलाइन लिङ्केजलाई २५–५, २५–१३, २५–९ को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको थियो ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका ओपन स्पाइकरद्वय कामना र उषा पहिलो पटक विदेशी लिग  खेल्दैछन् । नेपाल पुलिस क्लबका खेलाडी दुबै पहिलो पटक माल्दिभ्स पुगेर लिग खेलेका हुन् ।

दोस्रो खेलमा भोलि (शनिबार) कामना सम्मिलित टिम पुलिस क्लब र उषा सम्मिलित धिबेही सिफाइन्ज क्लब प्रतिस्पर्धा गर्दैछन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति