जिसस रसुवा नेतृत्वका लागि कांग्रेस र एमालेको बराबर मतदाता

रसुवा, १३ जेठ । रसुवामा जिल्ला समन्वय समिति (जिसस) को  प्रमुख तथा अन्य पदका लागि दुई दलको बराबर मतदाता रहेका छन् । नेकपा एमाले र नेपाली कांग्रेसको बराबर मतदाता रहेका हुन् । 

जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षले मतदान गर्न पाउँछन् । रसुवामा जिससको निर्वाचनमा पाँचवटा पालिकाका १० जना मतदाताले मतदान गर्ने छन् । जिल्लामा पाँच वटा पालिका रहेका छन् । 

पालिका अध्यक्षमा दुई र उपाध्यक्षमा तीन गरी नेकपा एमालेको पाँच जना र पालिका प्रमुखमा तीन र पालिका उपप्रमुखमा दुई गरी नेपाली कांग्रेसको पाँच जना मतदाता छन् ।

जिससको निर्वाचन जित्न कम्तिमा पनि ६ मत ल्याउनुपर्छ । जिसस जित्न एमाले र कांग्रेस दुवैसँग पर्याप्त भोट नपुग्ने निश्चित छ । कांग्रेस र एमाले कुनै एउटा पक्षले अर्को पक्षको एउटा भोट आफूतिर तान्नुपर्ने अवस्था बनेको छ । यदि त्यसो नभए जिससको प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने देखिएको छ ।

जिसस प्रमुखका लागि नेकपा एमालेबाट विजय लामा र अशोक घिमिरेको दाबी छ । त्यसैगरि नेपाली कांग्रेसबाट बमबहादुर गुरुङ र ओम आचार्यको दाबी  छ ।  जिससको अन्य पदका लागि दुवै दलले आन्तरिक तयारी गरिरहेको बताएका छन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति