आयल निगमको डिपोमा इन्धन बोकेका २ ट्यांकरमा आगलागी

बुटवल । रुपन्देहीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपोमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ ।

तेल खनाउने तयारी गर्दै गर्दा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खनाउने क्रममा आगलगी भएको प्रहरीले जनाएको छ ।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति