काठमााडौं । नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडुले बोल्दै गर्दा संसदमा एमाले नेताहरुले विरोध जनाएका छन् ।
एमाले संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार संसदमा दिएको मन्तव्यको खण्डन गर्दै मन्त्री बडुले बोल्दै गर्दा एमाले सांसदहरुले विरोध जनाएका हुन् ।
ओली सरकार पनि कमिसनमा लिप्त रहेको आरोप मन्त्रीले रोष्टमबाट लगाएपछि एमाले सांसदहरुले विरोध जनाएका हुन् ।
एमालेले मन्त्रीको आपत्तिजनक शब्द फिर्ता लिन आग्रह गरेको छ । संसदको रेकर्डबाट आपत्तिजनक शब्द नहटाएसम्म संसद चल्न नदिने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
COMMENTS