बालेन साहको सद्‌भाव र्‍याली (फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहले शुक्रबार धन्यवाद र्‍याली निकालेका छन् ।

मतगणनास्थल राष्ट्रिय सभा गृहबाट निकालिएको र्‍याली सहरको विभिन्न क्षेत्रमा पुगेको छ । सो क्रममा काठमाडौँवासीले घरघरका छत र झ्यालबाट हात हल्लाएर बालेनलाई बधाई दिएका थिए ।

सडकमै यात्रारत व्यक्तिले आफू सवार सवारी साधनबाटै हात हल्लाएर बधाई दिएका थिए । जबाफ बालेनले पनि हात हल्लाएका थिए ।

सभागृहबाट सुरु भएको र्‍याली भद्ररकाली, त्रिपुरेश्वर, माइतीघर–बबरमहल, बिजुली बजार, युएन पार्क, शान्तिनगर, तिनकुने, कोटेश्वर, जडीबुटी, सिनामंगल, एयरपोर्ट, तिलगंगा, गौशाला, चावहिल, महाराजगञ्ज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, सितापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालीकाम, टेकु, त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा आएर सभामा परिणत हुने छ ।

उनको र्‍यालीमा उनका समर्थकहरुको स्वतः स्फूर्त रुपमा सहभागी देखिन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति