भिटोफ नेपालको सदभावना दुतमा लेखक तथा फोटोग्राफर भरतबन्धु थापा

काठमाडौं, १३ जेठ । लेखक तथा फोटोग्राफर भरतबन्धु थापालाई गाँउ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ नेपाल) ले सदभावना दुत बनाएको छ । कोभिडले थला थला परेको पर्यटनलाई विगतको स्थानमा पुराउनका लागि प्रचार प्रसार तथा प्रवद्र्धनमा सहयोग पुराउनले हेतुले विगत डेढ दशकदेखि लेखन तथा फोटोग्राफररुपमा क्रियाशिल रहेका भरतबन्धु थापालाई सदभावनादुत बनाएको भिटोफका अध्यक्ष गोपाल थापाले बताए ।

भिटोफले आयोजना गरेको एक कार्यक्रमका बीच थापालाई सदभावना दूत नियुक्त गरेको छ भने सल्लाहकारमा प्रा डा प्रेम शर्मा, रविजग पाण्डे, अशोह सिलवाल,शिव र्पौडेल र दीपक दाहला र कानुनी सल्लाहकार सरस्वती श्रेष्ठ रहेका छन् ।

लेखक तथा फोटोग्राफर थापाले प्रचारमा रहेका तथा ओझेलमा रहेका नेपालका पर्यटकीय क्षेत्रहरुलाई प्रचार प्रसार तथा प्रर्वद्धन गर्न सहयोग पुगोस भनेर वाईल्ड वेष्ट नेपाल(२०१३),गन्तव्य कर्णाली (२०१९),कर्णाली (२०२०),एक्सपोलर फारवेष्ट (२०२०), गन्तव्य मध्यपुर (२०२१) र तस्बिरमा नेपाल (२०२१) पुस्तक प्रकाशीत भईसकेका छन् भने विश्वमाझ नेपालका पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्न मदत पुगोस भनेर फोटोबैंक नेपाल डटकम समेत संचालन गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति