चितुवाको आक्रमणबाट बालकको मृत्यु

  • हरिप्रसाद भुसाल

अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक सात वर्षीय बालकको ज्यान गएको छ ।

सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपालीलाई बिहीबार साँझ चितुवाले घरबाटै समातेको हो । चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घरबाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेलासमेत परेको छ ।

अपरान्ह साढे चार बजे विद्यालयबाट घर आएका बालक बारीमा रहेकी आमा भएतिर जाँदै गर्दा चितुवाको निशानामा परेका थिए । बारीमा आरु खान गएको बेला चितुवाले आक्रमण गरेको स्थानीय उमेश अधिकारीले जानकारी दिए ।

चिचुवाको आक्रमणमा परेका बालकको स्थानीय र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले रातिसम्म खोजी गरेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अमर थापाले बालकको शव फेला परेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति