अब भक्तपुरमा पनि मेलम्चीको पानी वितरण सुरु

काठमाडौं, १२ जेठ । मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबारदेखि भक्तपुर नगरपालिकामा पनि वितरण सुरु गरिएको छ । बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा मेलम्चीको पानी खस्न सुरु भएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयूकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त रुपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरका जनताको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो ।

हाललाई कटुञ्जेस्थित खानेपानी ट्यांकीबाट भक्तपुर नगपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ मा मेलम्चीको खानेपानी वितरण सुरु भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति