अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बोधन

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीले आफू अस्वस्थ रहेको जानकारी दिएका हुन् ।

छलफलमा भाग लिने क्रममा उनले आफू अस्वस्थ रहेकाले बसेर सम्बोधन गर्न सभामुख अग्निप्रसाद सापकोटासँग अनुमति मागेका हुन् । ‘म अस्वस्थ भएकाले आज बसेर सम्बोधन गर्ने छु,’ उनले भने ।

ओली नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सूक्ष्म ढंगले केस्रा केस्रा केलाएर संसदमा प्रस्तुत हुन आफ्ना सांसद्लाई निर्देशन दिएको थियो ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, “यस्तो नाङ्गो ढङ्गले राज्य संयन्त्रको दुरुपयोग गरेर कब्जै गर्ने खालको सत्तापक्षीय क्रियाकलाप पञ्चायतले पनि गर्दैनथ्यो।”
चुनावको मकसद नै प्रतिपक्षलाई सिध्याउँछ भन्ने उद्घोषका साथ भएको उनको भनाइ थियो। २०७४ सालमा पनि कांग्रेस र माओवादीको संयुक्त सरकारले नै चुनाव गराएको थियो। तर, त्यति वेला पनि यस पटक जस्तो हिंसात्मक, आक्रामक र लोकतन्त्रलाई मजाकको विषय बनाउने काम नभएको ओलीको दाबी छ।
पूर्व प्रधानमन्त्री ओलीले बैठकमा भने, “सरकारले धाँधलीमा नयाँ कीर्तिमान कायम गर्‍यो।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति