स्थानीय तहको निर्वाचनमा पार्टीभित्रबाटै अन्तर्घात भयो : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसार नतिजा ल्याउन नसकेको बताएका छन् ।

नेकपा (एमाले) संघीय संसदीय दलको बानेश्वस्थित ल्होत्से हलमा आयोजित बैठकमा उनले पार्टीले स्थानीय तहको निर्वाचनमा सोचेअनुरुप नतिजा ल्याउन नसक्नुका कारण पार्टीभित्रकै अन्तर्घातका कारण भएको बताए ।

अध्यक्ष ओलीले निर्वाचनमा पार्टीभित्रै अन्तर्घातबारेमा गम्भीर समीक्षा गर्न जरुरी भएको र प्रमुखले जितेको ठाउँमा पनि उपप्रमुखले हार्नुले पनि यो कुरा प्रष्ट भएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले आफ्नो पार्टीका सांसद्हरुलाई सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेस हुन निर्देशन दिए ।

बैठकमा ओलीले सरकारले नीति तथा कार्यक्रममा नेपालको स्वतन्त्र परराष्ट्र नीतिविपरीत कार्यक्रम राखेको उल्लेख गरेका थिए ।

संविधानको विपरीत, राष्ट्रहितविपरीतका कुरालाई सशक्त रुपमा उठाउन उनले सबैलाई आग्रह गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति